Logo

बुधबार मात्रै थपिए ११४ जना नयाँ संक्रमित, संक्रमितको संख्या ८८६ पुग्यो

बुधबार मात्रै थपिए ११४ जना नयाँ संक्रमित, संक्रमितको संख्या ८८६ पुग्यो



काठमाडौं । बुधबार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार उक्त संक्रमण पुष्टि भएको हो । उनका अनुसार बुधबार झापा, हेटौडा, कचनकवल लगायत विभिन्न क्षेत्रमा गरी उक्त संख्यामा नयाँ कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ पुष्टि हुनेमा १५ बर्षदेखि ६० बर्षसम्मका रहेको बताईएको छ । यसरी बुधबार एकैदिन ११४ जना नयाँ कोरोना संक्रमित थपिँदा नेपालमा कोरोना संक्रमितको संख्या ८ सय ८६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्