बिजखबर संबाददाता
१२ भदौ,काठमाडौं । उन्नाइस वर्षमुनिको साफ च्याम्पियनसिप (यु–१९) फुटबल प्रतियोगिताअन्तर्गतको फाइनल खेलमा नेपाल विजयी भएको छ । नेपालले भारतीय टोलिलाई पेनाल्टी सुटआटमा हराएको हो ।
नेपालले ५ र भारतले ४ गोल गरेपछि नेपालले प्रतियोगिताको उपाधि जितेको हो । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा( कम्प्लेक्स्को मैदानमा खेल आयोजना गरिएको हो ।
नेपालका प्रशिक्षक बालगोपाल महर्जनले शनिबारको खेलमा जसरी पनि भारतलाई हराउंदै उपाधि जित्ने लक्ष्य रहेको बताएका थिए ।
यता भारतीय प्रशिक्षक साइद सवीर पशाले पनि फाइनलका लागि तयार भएको भन्दै सजिलै उपाधि गुमाउन नचाहेको प्रतिक्रिया दिएका थिए ।