Logo

बुधबार थप ५८ जनामा कोराना संक्रमण पुष्टि, संक्रमित संख्या ८ सय ३० पुग्यो

बुधबार थप ५८ जनामा कोराना संक्रमण पुष्टि, संक्रमित संख्या ८ सय ३० पुग्यो



काठमाडौं । देशका विभिन्न जिल्लामा बुधबार ५८ जना कोरोना संक्रमित थपिएका छन् । रौतहट, झापा, बाग्लुङमा कोरानाका नयाँ संक्रमित थपिएका हुन् । योसँगै नेपालमा संक्रमितको संख्या ८३० पुगेको छ ।

रौतहटमा मात्रै ३५ जना नयाँ संक्रमित थपिएका छन् । रौतहटको इशनाथका १६, गौरका ८, गढीमाईका ७, देवाही गोनहीका २, कटरीया २ जनामा संक्रमण पुष्टि भएको हो ।

झापामा १७ जनामा संक्रमण पुष्टि भएको छ । झापाको कचनकबलका १५ र गौरादहका दुईजनामा संक्रमण पुष्टि भएको हो । बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बडिगाढ गाँउपालिकाका दुई र तमान खोला गाउँपालीकाका चारजना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्