Logo

कोरोना कहर : विश्वभर संक्रमितको संख्या ५७ लाख नजिक, संक्रमित मध्ये २४ लाख २६ हजार उपचार पछि निको (अपडेट)

कोरोना कहर : विश्वभर संक्रमितको संख्या ५७ लाख नजिक, संक्रमित मध्ये २४ लाख २६ हजार उपचार पछि निको (अपडेट)



काठमाडौं । विश्वमा कोरोना भाइरस (कोभिड–१९) ५६ लाख ७६ हजार बढी संक्रमित मध्ये २४ लाख २६ हजार उपचार पछि निको भएका छन् । कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ५१ हजार नाघेको छ ।

५३ हजार संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५ सय नाघेको छ ।

संक्रमितको संख्या १७ लाख २५ हजार नाघेको छ । बेलायतमा २ लाख ६५ हजार संक्रमित मध्ये ३७ हजार बढीको मृत्यु भएको छ । इटालीमा २ लाख ३० हजार ५ सय संक्रमित र ३२ हजार ९ सय बढीको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ८२ हजार ७ सय बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार ५ सय नाघेको छ । यस्तै स्पेनमा २ लाख ८३ हजार ३ सय बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय बढीको मृत्यु भएको छ ।

ब्राजिलमा ३ लाख ९१ हजार २ सय बढी संक्रमित हुंदा २४ हजार ५ सय बढीको मृत्यु भएको छ । उता जर्मनीमा १ लाख ८१ हजार बढी संक्रमित र ८ हजार ५ सयको मृत्यु भएको छ ।

चीनमा ८२ हजार ९ सय ९२ कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३४ पुगेको छ । रसियामा ३ लाख ६२ हजार ३ सय बढी संक्रमितमा मृत्यु हुनेको संख्या ३ हजार ८ सय नाघेको छ ।

यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५० हजार नाघ्दा ४ हजार ३ सय ४९ जनाको मृत्यु भएको छ । पाकिस्तानमा हालसम्म १ हजार १ सय ९७ जनाको मृत्यु हु्ँदा ५७ हजार ७ सय बढी संक्रमित भएका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्
MBL