Logo

भारतबाट आएका ३० जना क्वारेन्टाईन छोडेर भागे, सरकारले २ हप्तासम्म किन गरेन स्वास्थ्य जाँच

भारतबाट आएका ३० जना क्वारेन्टाईन छोडेर भागे, सरकारले २ हप्तासम्म किन गरेन स्वास्थ्य जाँच



काठमाडौं । कपिलवस्तुमा क्वारेन्टाइनबाट ३० जना फरार भएका छन । उनीहरु क्वारेन्टाइनमा बसेको दुई हप्तासम्म पनि कोरोना जाँच नभएको भन्दै क्वारेन्टाईनबाट फरार भएका हुन ।

कपिलवस्तुमा झण्डै ७ हजार जनाको संख्यामा क्वारेन्टाइनमा रहे पनि उनीहरुको स्वास्थ्य जाँच नभएको भन्दै क्वारेन्टाईनबाट भागेका हुन । कपिलवस्तु नगरपालिका वडा नं. ४ मलपरवा स्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका ३० जना सबै सोमबार राति साढे ९ बजे क्वारेन्टाइन छाडेर हिँडेका हुन् । क्वारेन्टाइनमा बसेका व्यक्तिहरु कोरोना जाँच नगरी आ–आफ्नो घर गएपछि स्थानीय त्रसित भएका छन् ।

ति ब्यक्तीहरु भारतका बिभिन्न शहरबाट हालै नेपाल प्रवेश गरेका थिए । उनीहरुलाई क्वारेन्टाईनमा राखे पनि सरकारले कोरोना जाँच नगरेको भन्दै आफुहरु बसेको ठाउँ छाडेर आफ्नै घर लागे पछि स्थानीय त्रसिद बनेका छन । कोरोना संक्रमणको सम्भावित क्षेत्रबाट आएका व्यक्ति क्वारेन्टाइनमा कम्तीमा १४ दिन बस्नुपर्ने सरकारी नियम छ । तर किटको अभावमा दुई हप्ता पूरा हुँदासम्म कोरोना जाँच नहुँदा असन्तुष्टी बढेको छ ।

कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीप शमशेर जबराले क्वारेन्टाइनमा बसेका व्यक्ति भागेको भन्ने जानकारी आएको र आफूहरु के भएको रहेछ बुझ्ने क्रममा रहेको बताए । कपिलवस्तुमा यसअघि पनि दुई स्थानका क्वारेन्टाइनबाट ४५ जना भागेका थिए ।

प्रतिक्रिया दिनुहोस्