बिजखबर संबाददाता
१२ भदौ,काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज(सेजन)को अध्यक्षमा गोकर्ण अवस्थी मनोनित भएका छन् ।
सेजनको १६ औँ वार्षिक साधारण सभाले अवस्थीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अवस्थीले १सय ९ मत प्राप्त गरेका थिए भने निकट प्रतिस्पर्धी कुबेर चालिसेले ७८ र लोकबहादुर चापागाइँले २७ मत ल्याए ।
त्यस्तै उपाध्यक्षमा दि हिमालयन टाइम्सका पुष्पराज आचार्य १ सय ११ मतका साथ विजयी भएका छन् । उपाध्यक्षमा प्रतिस्पर्धी रमेश ढकाल, बद्री गौतम र शरदचन्द्र भण्डारीलाई पछी पारेका हुन् ।
महासचिवमा दि राइजिङ नेपालका मोदनाथ ढकाल १ सय ३ मत लयाएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी सुदर्शन सापकोटाले ८७ मत र अच्युत पौडेलले २७ मत ल्याएका थिए । सचिव पदमा बिजखबरका रामराजा श्रेष्ठ ७६ मतका साथ विजयी भएका छन् । उनले आशिष ज्ञवाली, भुवन पौडेल,उद्धव थापा र सीताराम विलासीलाई पछि पारेर विजयी भएका हुन् ।
राजधानी दैनिकका भीम गौतम ९३ मतका साथ कोषाध्यक्षमा विजयी भए । पुष्प दुलालले ६२ र राधिका ढकालले ५८ मत प्राप्त गरेका थिए ।
त्यसैगरी नागरिक दैनिकका सुजन ओली, कान्तिपुर एफएमका अनिल परियार, कारोबार दैनिककी सरस्वती ढकाल, बिजमाण्डुका सविन मिश्र, माउन्टेन टेलिभिजनका भागवत भट्टराई विजयी भए । सेजनको पाँच सदस्यका लागि नौ जनाको उम्मेदवारी परेको थियो ।