Logo

भरतपुर अस्पतालको आइसोलेसनमा एक पुरूषको मृत्यु, कोरोनाको आशंका

भरतपुर अस्पतालको आइसोलेसनमा एक पुरूषको मृत्यु, कोरोनाको आशंका



काठमाडौं । भरतपुर अस्पतालको आइसोलेसन कक्षमा शंकास्पद एक पुरुषको ज्यान गएको छ । रामग्राम( ७, नवलपरासीका ४८ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको अस्पताल श्रोतले जानकारी दिएको छ । श्रोतका अनुसार उक्त पुरुषलाई लुम्बिनी अस्पतालले भरतपुर रेफर गरेको बुझिएको छ ।

राती साढे १२ बजे अस्पताल आएका पुरुषलाई आइसोलेसन कक्षमा राखेर उपचार गराइएको थियो । निमोनियाबाट ग्रसित पुरुषमा कोरोनाको आशंका गरिएको छ ।

२ दिन पहिले खाना खाएपछि बान्ता भएको र लगत्तै सास फेर्न गार्हो भएपछि बिरामी लुम्बिनी अस्पताल पुगेका थिए । उनको लुम्बिनीमा स्वाब परिक्षण हुँदै छ । यता भरतपुर अस्पतालले पनि मृतक पुरूषको स्वाब परिक्षणका लागि पठाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL