Logo

आईतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि, ४२ जिल्लामा ६०३ संक्रमित पुगे

आईतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि, ४२ जिल्लामा ६०३ संक्रमित पुगे



काठमाडौं । आईतबार संक्रमितको संख्या १९ जना रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिराटनगर प्रादेशिक जनस्वास्थ प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका १ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै बाराका १ जना, पर्साका ३ जना, रौतहट र सर्लाहीका एक एक जना, रुपन्देहीका ३ जना, काठमाडौंका १ जना, नुवाकोटका एक जना रहेको छ । त्यस्तै प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीका थप ३ जना, कपिलवस्तुका ३ जना र गुल्मीका १ जना रहेका छन । संक्रमितहरु सबै पुरुष रहेका छन ।

उक्त संक्रमितसँगै संक्रमितको संख्या ६०३ जना पुगेको छ भने हालसम्म ४२ जिल्लामा कोरोना संक्रमित भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्