Logo

कोरोना फैलिने क्रम बढ्दो, नुवाकोटमा पहिलो कोरोना संक्रमित भेटिए

कोरोना फैलिने क्रम बढ्दो, नुवाकोटमा पहिलो कोरोना संक्रमित भेटिए



काठमाडौं । आईतबार १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार पुष्टि भएका संक्रमितभने नुवाकोट ककनी गाउँपालिका ३ का पुरुष रहेका छन ।

काठमाडौं महानगरपालिकाको समन्वयमा भएको कोरोना परीक्षणमा ती पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो । गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले ककनीमा रहेका एक जना पुरूषमा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन ।

कोरोना पुष्टि भएका पुरूषले काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापन सम्बन्धी बैठकमा सहभागिता जनाएका थिए । ती पुरूषसँगै बैठकमा सहभागी नुवाकोटकै अन्य केही व्यक्तिको भने कोरोना संक्रमण नदेखिएको गाउँपालिकाले जानकारी दिएको छ ।

हाल उक्त संक्रमित बिरामीलाई काठमाडौं ल्याउने तयारी भईरहेकोसमेत अध्यक्ष लामाले जानकारी दिएका छन । उक्त संक्रमणको पुष्टि भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ बजे गर्ने छन ।

प्रतिक्रिया दिनुहोस्