Logo

यस्तो छ उमेर अनुसार कोरोनाको जोखिम र इम्युनिटी पावर बढाउनका लागि खानुपर्ने सप्लिमेन्ट : डा रबीन्द्र पाण्डे

यस्तो छ उमेर अनुसार कोरोनाको जोखिम र इम्युनिटी पावर बढाउनका लागि खानुपर्ने सप्लिमेन्ट : डा रबीन्द्र पाण्डे



काठमाडौं । नेपालमा कोरोना संक्रमणको संख्या दिनानुदिन बढिरहेको छ | भारतबाट नेपाल आउनेको संख्या अत्यन्तै ठूलो छ | यो ठूलो संख्याको कारण उनीहरुलाई परीक्षण समेत नगरि, क्वारेन्टाइनमा नराखि आफ्नो थातथलोमा पठाउने काम सुरु भएको छ | यसले गर्दा संक्रमण बढ्ने क्रम जारी रहनेछ | यो अवस्थामा जेष्ठ नागरिक तथा दीर्घऔषधिसेवी घरभित्र समेत आइसोलेसनमा बस्नु जरुरी छ |

कोरोना भाइरसको खोप तथा ठोस औषधि पत्ता नलागेको अवस्थामा जति सकिन्छ सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, भिडभाडमा नजाने तथा साबुनपानीले हात धोइरहने लगायतका सुरक्षाबिधि अपनाउनु आबश्यक छ | १-२ बर्ष हाम्रो जीवनशैली यसै गरेर अघिं बढ्नेछ |

अमेरिका तथा हल्याण्डमा भएको उमेर अनुसारको मृत्युदर, अस्पताल बस्नुपर्ने प्रतिशत तथा आइसीयुमा बस्नुपर्ने प्रतिशत यस्तो छ |

उमेर मृत्युदर अस्पताल बस्नुपर्ने आइसीयु
0-29 – 0.003% – 0.2% 0.02%
30-39 – 0.008% -0.29% -0.06%
40-49 – 0.017%- 0.69% -0.18%
50-54 – 0.058% -1.28% -0.39%
55-59 – 0.145% -1.98%- 0.69%
60-64 – 0.290%- 2.70%- 0.99%
65-69 – 0.757%- 3.52% -1.37%
70-74 – 1.668%- 5.30%- 1.82%
75-79 – 4.433% -8.14% -1.70%
80-85 – 7.836%- 9.11%- 0.50%

यदि तपाईं ५० बर्षभन्दा माथि हुनुहुन्छ भने बिशेष सतर्कता अपनाउनु जरुरी हुन्छ | यो उमेरभन्दा बढीका व्यक्तिमा मधुमेह, उच्च रक्तचाप, मुटुको रोग, किड्नीको समस्या, फोक्सोको समस्या,उच्च कोलेस्टेरोल, मोटोपना, भिटामिन डी को कमी, धुम्रपान, मेटाबोलिक सिन्ड्रोम लगायतको समस्या छ भने औषधिले रोग नियन्त्रणमा राख्ने, आबश्यक सप्लिमेन्ट खाने तथा चिकित्सकको निगरानीमा रहनु जरुरी छ |

इम्युनिटी पावर बढाउनको लागि तथा जोखिमबाट बच्नको लागि यी सप्लिमेन्ट आजदेखि नियमित सेवन गर्नुहोला |

– Vitamin D3 60K हप्ताको १ क्याप्सुल / गोली
– Vitamin C दिनको एक ट्याब्लेट खानापछि दैनिक चुस्ने
– Zinc DT 20mg दिनको १ गोली खानापछि खाने
– गुर्जो, अश्वगन्धा, तुलसी, बेसार, अदुवा, मरिच मिसाएर बनाएको चिया दिनको २ पटक खाने |
यी सप्लिमेन्ट सस्तो मुल्यमा औषधि पसलहरुमा उपलब्ध छन् | यी सप्लिमेन्ट संसारभर प्रयोग भइरहेका छन् | यी सप्लिमेन्ट सेवन गर्दा शरीरलाई बेफाइदा गर्दैन | निकै फाइदा हुन्छ |
@ डा. रवीन्द्र पाण्डे

प्रतिक्रिया दिनुहोस्
MBL