Logo

संक्रमित भेटिएपछि ग्रान्डी अस्पताल सिल गर्ने तयारी हुँदै

संक्रमित भेटिएपछि ग्रान्डी अस्पताल सिल गर्ने तयारी हुँदै



काठमाडौं । काठमाडौंमा आज विहान कोरोना संक्रमण पुष्टि भएका व्यक्ति ग्रान्डी अस्पतालमा उपचाररत बिरामी भएको खुलेसँगै सो अस्पताललाई सिल गर्ने तयारी भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना संक्रमित ३५ वर्षीय ती पुरुष अस्पतालमै उपचार गराइरहेका व्यक्ति रहेको खुलेको हो ।

ती संक्रमित धापासीस्थित ग्रान्डी अस्पताल रहेको खुलेपछि उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ ।

संक्रमितको कन्ट्र्याक्ट ट्रेसिङका लागि इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको टोली खटिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्