Logo

ग्राण्डी अस्पतालमा उपचाररत बिरामीमा भेटियो कोरोना संक्रमण, संक्रमित प्रतिष्ठित व्यक्ति

ग्राण्डी अस्पतालमा उपचाररत बिरामीमा भेटियो कोरोना संक्रमण, संक्रमित प्रतिष्ठित व्यक्ति



काठमाडौं । धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित काठमाडौंका ३५ वर्षीय पुरुष प्रतिष्ठित व्यक्ति रहेको स्रोतले बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले पनि शुक्रबार थपिएका संक्रमित काठमाडौंका संक्रमित व्यक्ति ग्राण्डी अस्पतालमा उपचाररत भएको पुष्टि गर्यो।

तर, अन्य बाँकी विवरण आइनसकेको मन्त्रालयले स्रोतले बताएको छ । यस्तै, शुक्रबार संक्रमण पुष्टि भएकामध्ये एक मकवानपुर स्थायी ठेगाना भएकी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा टान्सप्लान्ट सेन्टरमा उपचाररत बिरामी रहेी छन् ।

नेपालमा अहिलेसम्म ५४८ जनामा कोरोना संक्रमण देखिएको छ। ७० जना भने उपचारपछि निको भएर घर फर्किसकेका छन्। कोरोनाबाट अहिलेसम्म ३ जनाको ज्यान गएको छ।

प्रतिक्रिया दिनुहोस्