Logo

काठमाडौंमा १ सहित शनिबार बिहानै थपिए ३२ जना कोरोना संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौंमा १ सहित शनिबार बिहानै थपिए ३२ जना कोरोना संक्रमित, कुन जिल्लामा कति ?



काठमाडौं । शनिबार बिहान ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त ३२ जना थप भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणको रिपोर्टमा ३२ जनामा कोरोना संक्रमित देखिएको हो ।

संक्रमितहुनेहरुमा कपिलवस्तु बाणगंगा नगरपालिकाका १७, १९,२२, २९, ३५, ४० र ४२ बर्षिय पुरुष रहेका छन भने २७ बर्षिय एक जना महिला रहेकी छिन । सर्लाही गौडैता कविलासी नगरपालिकाका १८, २०, २०, २०,२१, २२, २३, २६, २६, २८, ३३, ३५ र ३५ बर्षिय पुरुष रहेका छन भने बारा करैयामाई गाउँपालिकाकाका ३७ बर्षिया महिला रहेकी छिन ।

त्यस्तै काठमाडौंका ३५ बर्षिय एक पुरुषमासमेत कोरोना संक्रमण पुष्टि भएको छ । रुपन्देही गैडाहवा र रोहिणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३०, र ५५ बर्षिय पुरुष रहेका छन भने चितवन ६ का ५२ बर्षिय पुरुष रहेको मन्त्रालयले पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्