Logo

शुक्रबार बिहानै थप ३० जनामा देखियो कोरोना संक्रमण, संक्रमित संख्या ५ सय नजिक पुग्यो

शुक्रबार बिहानै थप ३० जनामा देखियो कोरोना संक्रमण, संक्रमित संख्या ५ सय नजिक पुग्यो



काठमाडौं । शुक्रबार बिहान कोरोना संक्रमित ३० जना थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षण अनुसार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमितको संख्या ४८७ जना पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमितहुनेहरुमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका ६ निवासी ४५ बर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ केसरबाघ, चितवन निवासी ७४ बर्षीय पुरुष र ७३ बर्षीय महिला रहेका छन ।

त्यस्तै नवलपरासी, सुस्ता गाउँपालिका ५ र रामग्राम न.पा. ३ र १८ निवासी ३३, ३५ वर्षीय पुरुषहरू र १५ वर्षीय महिला रहेकी छिन । कपिलवस्तु बाणगंगा नपा मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ बर्षीय पुरुषहरू र ८ बर्षीय बालिकासमेत संक्रमित देखिएका छन ।

त्यस्तै सर्लाही, गोडैता नपा ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ बर्षीय पुरुष र १८ बर्षीय महिला रहेका छन । मन्त्रालयका अनुसार हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्