Logo

कोरोना संक्रमितको संख्या ५२ लाख नजिक, मृत्यु हुनेको संख्या ३ लाख ३४ हजार पुग्यो (अपडेट)

कोरोना संक्रमितको संख्या ५२ लाख नजिक, मृत्यु हुनेको संख्या ३ लाख ३४ हजार पुग्यो (अपडेट)



काठमाडौं । विश्वभर २१३ देशमा फैलिएको कोराना भाईरस संक्रमितको संख्या ५१ लाख ९४ हजार २१० पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमितको संख्या १ लाख ३ हजार ३७१ जना रहेको छ ।

उपचार पछि निको हुनेहरुको संख्या भने २० लाख ८० हजार ९ सय ६६ जना पुगेको छ । निको हुनेको संख्या २४ घण्टामा ५९ हजार ३ सय जना रहेको तथ्याङ्कमा उल्लेख छ । मृत्यु हुनेको संख्या भने ३ लाख ३४ हजार ६२१ जना रहेको छ । सबै भन्दा बढी प्रभावित रहेको अमेरिकामा १६ लाख २० हजार ९०२ जना संक्रमित रहेका छन ।

त्यस्तै रसियामा ३ लाख १७ हजार ५५४, ब्राजिलमा ३ लाख १० हजार ९२१, स्पेनमा २ लाख ८० हजार ११७, बेलायतमा २ लाख ५० हजार ९०८, इटाली २ लाख २८ हजार ६, फ्रान्स १ लाख ८१ हजार ८२६, जर्मन १ लाख ७९ हजार २१, टर्कि १ लाख ५३ हजार ५४८, इरान १ लाख २९ हजार ३४१, भारत १ लाख १८ हजार २२६ र पेरुमा १ लाख ८ हजार ७६९ जना संक्रमित रहेका छन ।

त्यस्तै सबै भन्दा बढी मृत्यु हुने देशहरुमा भने अमेरिकामा ९६ हजार ५३४, रसिया ३ हजार ९९, ब्राजिल २० हजार ८२, स्पेन २७ हजार ९४०, बेलायत ३६ हजार ४२, इटाली, ३२ हजार ४८६, फ्रान्स २८ हजार २१५, जर्मन ८ हजार ३०९, टर्कि ४२ सय ४९, इरान ७ हजार २४९ र भारतमा ३५ सय ८४, क्यानाडा ६ हजार १५२ र मेक्सीकोमा ६ हजार ५१० जनाको मृत्यु भएको छ ।

नेपालमा भने हालसम्म ४५७ जना संक्रमित रहेका छन भने उपचार पछि निको भएर घर फर्कनेको संख्या ४५ जना रहेको छ । आजै मात्र थप २१ जना डिस्चार्ज हुनेभएको छ । त्यस्तै कोरोनाकै कारण नेपालमा ज्यान गुमाउनेको संख्या भने ३ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्