Logo

थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५७ पुग्यो

थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५७ पुग्यो



काठमाडौं । कोरोना संक्रमितको संख्या ४५७ जना पुगेको छ । पछिल्लो अध्यावधिक विबरण अनुसार उक्त संख्या पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षण अनुसार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितहरु बाँकेका नरैनापुरका ३२ बर्षिय पुरुष, खजुरा ३ का ४२ बर्षिया महिला र कपिलवस्तु सुद्दोधन गाउँपालिकाका १९ बर्षिय पुरुष रहेका छन । हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्