Logo

कैलाली घटनाका आरोपमा १० पक्राउ, नियन्त्रणमा फोरम लोकतान्त्रिकका स्थानीय नेता पनि

कैलाली घटनाका आरोपमा १० पक्राउ, नियन्त्रणमा फोरम लोकतान्त्रिकका स्थानीय नेता पनि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

९ भदौ,काठमाडौं । कैलालीको घटनामा संलग्न शंकास्पद १० जनालाई प्रहरीले पक्राउन गरेको छ । टीकापुरमा सोमबार प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने सहित ७ जना प्रहरी कर्मचारी मारिएको घटनामा संलग्न भएको हुनसक्ने भन्दै उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा जोशीपुर–४ का ३५ बर्षीय सुन्दरलाल चौधरी, ५५ बर्षीय खड्कबहादुर चौधरी, मधेसी जनअधिकार लोकतान्त्रिक फोरमको क्षेत्रीय अध्यक्ष ४४ बर्षीय रामप्रसाद चौधरी, दरख–६ नारायणपुरका १७ बर्षीय रामजनम चौधरी छन् ।

त्यस्तै भजनी–५ बस्ने ४१ बर्षीय प्रेमबहादुर चौधरी, मनुवा–१ बस्ने २० बर्षीय रामकुमार खठरीया, २७ बर्षीय सन्दरलाल कठरिया, २० बर्षीय दिलबहादुर चौधरी, २४ बर्षीय राजकुमार कठरिया र मनुवा–४ बस्ने २२ बर्षीय हरिनारायण चौधरी रहेका छन् ।

रामप्रसाद चौधरी फोरम लोकतान्त्रिकका कैलाली निर्वाचन क्षेत्र नं १ का अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL