काठमाडौं । बिहीबार ९ जना संक्रमित थपिएका छन । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार रुपन्देहीमा १ र झापामा ८ जना गरि ९ जना संक्रमित थपिएको हो । जस मध्ये ३८३ जना पुरुष र ७० जना महिला रहेको मन्त्रालयले जानकारी दिएको छ ।
संक्रमितहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । हालसम्म प्रदेश १ मा ८४ जना, २ मा १३६, बाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा ४, प्रदेश नम्बर ५ मा १९७, कर्णाली १ र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन ।
मन्त्रालयका अनुसार हालसम्म ३८ जिल्लामा संक्रमित रहेको छ । योसँगै संक्रमितको संख्या ४५३ जना पुगेको छ । त्यस्तै टेकु अस्पतालबाट ४ जना निको भएर घर फर्केका छन । उपचार पछि घर फर्कनेको संख्या भने ४९ पुगेको मन्त्रालयका प्रवक्ता विकाश देबकोटाले जानकारी दिएका छन ।