Logo

कोरोनाको भ्याक्सिन कुरेर बस्नु बेकार भएको वरिष्ठ वैज्ञानिक हेसलटाइनको दाबी, भन्छन-भ्याक्सिन बन्न धेरै समय लाग्छ

कोरोनाको भ्याक्सिन कुरेर बस्नु बेकार भएको वरिष्ठ वैज्ञानिक हेसलटाइनको दाबी, भन्छन-भ्याक्सिन बन्न धेरै समय लाग्छ



काठमाडौं । अमेरिकाका एक वरिष्ठ वैज्ञानिकले आफूलाई छिट्टै कोरोनाभाइरसको भ्याक्सिन आउला भन्ने नलागेको बताएका छन् ।

ह्युमन इम्युनोडिफिसियन्सी भाइरसमाथि शोध गरेका ती बैज्ञानिकले भने– ‘मलाई लाग्दैन कि कोरोनाको भ्याक्सिन छिट्टै आउँछ,’ उनले भनेका छन्, ‘यसको पर्खाइमा अब बस्नु हुँदैन ।’

उनले निकट भविष्यमा नै कोरोनाभाइरसको भ्याक्सिन बन्ने सम्भावना हुँदै नभएको दाबी गरेका छन् । यस्तो दाबी गर्ने वैज्ञानिक हुन्– विलियम हेसलटाइन । विलयमले क्यान्सरदेखि अन्य विभिन्न रोगको शोधमा महत्वपूर्ण योगदान दिइरहेका छन् ।

‘कोरोनाभाइरस महामारी रोक्नका लागि सबैभन्दा जरुरी कुरा के हो भने संक्रमितलाई पत्ता लगाउनु पर्छ र उसलाई संक्रमण भएकै ठाउँमा रोक्नु पर्छ, आइसोलेसनमा राख्नुपर्छ,’ उनले भनेका छन्, ‘योभन्दा अरु उपाय नै छैन ।’

अमेरिकी सरकारलाई पनि सल्लाह दिँदै विलियमले भनेका छन्– अब लकडाउन हटाउनका लागि भ्याक्सिन नै कुर्ने हो भने यो सही रणनीति हुँदैन ।

प्रतिक्रिया दिनुहोस्