Logo

काठमाडौंमा लकडाउनको चरम उल्लंघन, आज बिहान लकडाउन उल्लंघन गर्ने २७ सय बढी सवारी प्रहरीको नियन्त्रणमा

काठमाडौंमा लकडाउनको चरम उल्लंघन, आज बिहान लकडाउन उल्लंघन गर्ने २७ सय बढी सवारी प्रहरीको नियन्त्रणमा



काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउनको चरम उल्लंघन भएको देखिएको छ । उपत्यकाबाट लकडाउनका बेला चलेका २७ सयभन्दा सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ती सवारीहरुरलाई नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएका सवारी मध्ये २६ सय दुई पाङग्रे रहेका छन् । त्यस्तैगरी अन्य चार पाङग्रे गाडी रहेको बताइएको छ ।

कोरोना महामारीको रोकथाम तथा नियन्त्रण गर्न सरकारले अति अवाश्यक बाहेकका सवारी संचालनमा रोक लगाएको छ । नियन्त्रणमा परेका सबै सवारीलाई साँझ ७ बजे छोडिने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL