काठमाडौं । बिहीबार बिहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरेको पीसीआर परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार झापाका कचनकवल गाउपालिकाका ३, ६ र ८ वटा निवासी १५ जना तथा धनकुटा र धरानका एक एकजनामा कोरानो भेटिएको हो ।
कोरोना संक्रमितमध्ये १६ जना पुरुष र १ जना महिना रहेका छन् ।