Logo

अनलाइनबाटै बीमा पोलिसी बिक्री गर्न समितिको स्वीकृति, बीमा कर्जाको ब्याजमा १५ प्रतिशत छुट दिन निर्देशन

अनलाइनबाटै बीमा पोलिसी बिक्री गर्न समितिको स्वीकृति, बीमा कर्जाको ब्याजमा १५ प्रतिशत छुट दिन निर्देशन



काठमाडौं । अब विभिन्न बीमा कम्पनीहरुले अनलाईनमार्फत पनि बीमा पोलिसी विक्री गर्न सक्ने भएका छन् । बीमा समितिले बुधबार एक सर्कुलर जारी गर्दै पछिल्लो समय फैलिएको महामारीमा कुनैपनि कम्पनीले समितिसमक्ष प्रविधिको प्रयोग गरी बीमा पोलिसी बेच्न चाहेमा स्वीकृति दिन सकिने उल्लेख गरेको हो ।

समितिले विश्वभर फैलिएको महामारीसँगै निम्तिएको लकडाउनले मानिसहरु आफुले सोचोको र चाहेको स्थानसम्म जान नसक्ने अवस्था सिर्जना भएपछि यस्तो सर्कुलर जारी गरेको हो । साथै समितिले विभिन्न बिमकहरुलाई समतिको अधिनमा रही भच्र्युअल तालिम समेत गर्न सक्ने बताएको छ ।

यस्तै समितिले बीमालेख धितो राखी बिमितलाई दिईने कर्जामा समेत लकडाउन अवधिपछिको १ महिनाभित्रमा तिर्न आए १५ प्रतिशत छुट दिन निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL