Logo

बुधबार थप संक्रमितको संख्या २५ जना, ८ जना डिस्चार्ज

बुधबार थप संक्रमितको संख्या २५ जना, ८ जना डिस्चार्ज



काठमाडौं । बुधबार कोरोना संक्रमितको संख्या २५ जना रहेको छ । ३ देखि ४८ बर्षसम्मको उमेरसमुहका रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार जसमध्ये ७ जना महिला रहेको छ ।

संक्रमितहरु मध्ये बाँकेमा ६ जना, धनकुटामा ५ जना, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा १ जना रहेको छ । योसँगै संक्रमितको संख्या ४२७ जना पुगेको छ ।

त्यस्तै कोशी अस्पतालबाट ८ जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्केको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार उक्त ८ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ४५ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्