Logo

उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छैन : क्रिमसन अस्पताल

उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छैन : क्रिमसन अस्पताल



काठमाडां । रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालले आइसियूमा उपचाररत गुल्मीका कोरोनाभाइरस संक्रमितको मृत्यु नभएको जनाएको छ ।

बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै अस्पतालले ती बिरामीको अहिले भेन्टिलेटरको सहायतामा उपचार भइरहेको बताएको छ ।

यसअघि प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले ती बिरामीको मृत्यु भइसकेको बताएका थिए । उक्त अस्पतालका सञ्चालक दुर्गा पाण्डे र तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले पनि बिरामीको मृत्यु भएको विभिन्न सञ्चारमाध्यमलाई बताएका थिए। सञ्चालक पाण्डेले भने आफूले बिरामीको मृत्यु भएको सूचना नदिएको दाबी गरेका छन्।

क्षमायाचना
कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट क्रिमसन अस्पतालमा गुल्मीका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको समाचार स्रोतका आधारमा नेपालमा कोरोना संक्रमित तेश्रो व्यक्तिको निधन शीर्षकमा समाचार प्रकाशित गरेकामा क्षमायाचना गर्दछौं । यसबाट आम पाठक वर्ग एवं बिरामीका परिवारजनमा पर्न गएको मर्काप्रति क्षमायाचना गर्दछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्