Logo

बुधबार थप १३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४१५ पुग्यो

बुधबार थप १३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४१५ पुग्यो



काठमाडौं । बुधबार बिहान थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ४१५ पुगेको छ । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

भारतबाट आएर क्वारेन्टाईनमा बसेकाहरुको पीसीआर परीक्षण गर्दा पोजेटिभ रिर्पोट आएको प्रयोगशालाले जानकारी दिएको छ । प्रयोगशालाका अनुसार १२ जना कपिलवस्तु र एक जना रुपन्देहीका युवकमा कोरोना संक्रमण पुष्टि देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पुष्टि गर्न बाँकी रहेको छ । मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत यसको औपचारिक जानकारी दिने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्