Logo

काठमाडौंका २ संक्रमित सुरक्षाकर्मी, बुधबार ९० जनाको पिसिआर परीक्षण गर्दै

काठमाडौंका २ संक्रमित सुरक्षाकर्मी, बुधबार ९० जनाको पिसिआर परीक्षण गर्दै



काठमाडौं । काठमाडौंको कालिमाटीमा कार्यरत २ जना सुरक्षाकर्मीलाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी उच्च स्रोतका अनुसार संक्रमित हुनेमा १ जना सई र १ जवान रहेका छन ।

उनीहरु दुईजनाको ४ दिन असघ गरेको पिसिआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको स्रोतले जानकारी दिएका छन । यसबारे स्वास्थ्य मन्त्रालयले मंगलबार प्रहरीलाई जानकारी गराइसकेको छ ।

उनीहरु बस्ने ब्यारेकमा ९० जना रहेको र बुधबारबाट सबैको पीसीआर परीक्षण थाल्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्