Logo

मोटर बीमा गरेका लाखौं सवारी धनीलाई बीमा समितिको राहत, लकडाउन अवधिभरको बीमा शुल्क तिर्न नपर्ने

मोटर बीमा गरेका लाखौं सवारी धनीलाई बीमा समितिको राहत, लकडाउन अवधिभरको बीमा शुल्क तिर्न नपर्ने



काठमाडौं । अब मोटर बीमा गर्ने सार्वजनिक सवारीसाधनहरुले लकडाउन अवधिभरको बीमा शुल्क तिर्न नपर्ने भएको छ । बीमा समितिले मंगलबार एक सर्कुलर जारी गर्दै कोरोना बीमा गरेका गाडी मालिकहरुले लकडाउन अवधिभरको बीमा शुल्कमा छुट पाउने जानकारी दिएको हो ।

समितिका अनुसार सम्पुर्ण निर्जीवन बीमा कम्पनीहरुले सरकारले लकडाउन लागु गरेको दिनदेखि लकडाउन अन्त्य गरेको दिनसम्मलाई सवारीसाधन थन्किएको समय मानिस सोही अवधिको बीमा शुल्क नतिर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

जसअनुसार लकडाउन लागु गरिएको मिति भने २०७६ चैत ११ गतेलाई मान्नु पर्नेछ । साथै अत्यावश्य सामग्रीका साधनलाई भने पास पाएको मितिसम्मलाई थन्किएको समय मान्न सकिने समितिको सर्कुलरमा उल्लेख छ ।

समितिले लकडाउनमा सवारीसाधन थन्किएको र बीमा जोखिम पनि सोही अनुसार न्युन भएकाले यसमा छुट दिन निर्देशन दिएको हो । सवारीसाधनको कुल बार्षिक शुल्कको १ तिहाई रकम कट्टा गरी बाँकी २ तिहाई शुल्कमा पनि उचित छुट दिएर शुल्क लिनुपर्ने समितिको सर्कुलरमा उल्लेख छ ।

मोटर बीमा गरेका लाखौं सवारी धनीलाई बीमा समितिको राहत, लकडाउन अवधिभरको बीमा शुल्क तिर्न नपर्ने


प्रतिक्रिया दिनुहोस्
MBL