Logo

प्रधानमन्त्रीको उद्घोष, विजुली ट्रक, रेल र पानीजहाजमा निर्यात गर्न सकिँदैन त्यसैले प्रसारण लाईन बन्छ, एमसीसी नभए सरकार आफैले बनाउछ

प्रधानमन्त्रीको उद्घोष, विजुली ट्रक, रेल र पानीजहाजमा निर्यात गर्न सकिँदैन त्यसैले प्रसारण लाईन बन्छ, एमसीसी नभए सरकार आफैले बनाउछ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रातमाटे प्रसारण लाईन बन्ने बताएका छन् । उनले उक्त प्रसारण लाईन नेपाललाई आवश्यक हुने भएकाले एमसीसीले बनाउने नभउ नेपाल सरकारले नै यसको निर्माण गर्ने बताएका हुन । मंगलबार प्रतिनिध सभा बैठकमा आगाी आर्थिक बर्षको नीति तथा कार्यक्रममाथी उठेका प्रश्नको जवाफ दिँदै उनले एमसीसी पास नभएपनि उक्त प्रसारण लाईन बनाउनेमा जोड दिएका हुन ।

उनले नेपाललाई र नेपाली जनताको हितका लागि आवश्यक उक्त प्रसारण लाईन विवादीत भएपछि यसलाई विभिन्न प्रक्रियासहित सल्लाहबमोजिम नै उक्त प्रसारण लाईन बनाउने बताए । लप्सीफेदी रातमाटे हेटौंडा, बुटवल ट्रान्समिसन लाईन कम्ममा पटुकी बाँधेर भएपनि बनाउने उनको भनाई छ ।

पछिल्लो समय नेपालमा उत्पादिन विजुली विभिन्न देशमा पुर्याउन यसको आवश्यकता हुने भएकाले पनि यसलाई बनाउने नछोड्नेमा उनले जोड दिए । उनले विजुली आयात वा निर्यात ट्रक, रेल र पानीजहाजमा निर्यात गर्न नसकिने हुनाले प्रसारण लाईनको आवश्यकता रहेको बताए ।
पछिल्लो समय नेपालमा विद्युत उत्पादन बढिरहेको अवस्थामा यो अन्तरराष्ट्रिय बजारमा पुर्याउन समेत यसको आवश्यक रहेको उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस्
MBL