Logo

बाँकेमा थप ४७ जनामा एकैपटक कोरोना संक्रमण पुष्टि, भेरी अस्पतालमा गरिएको थियो परीक्षण

बाँकेमा थप ४७ जनामा एकैपटक कोरोना संक्रमण पुष्टि, भेरी अस्पतालमा गरिएको थियो परीक्षण



काठमाडौं । पछिल्लो समय कोरोना संक्रमणको केन्द्र बनेको बाँकेमा थप ४७ जनामा कोरोनाभाइरस को संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५१ पुगेको छ । भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो ।

नेपालमा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयले भने पछिल्लो संक्रमित विवरण पुष्टि गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्