Logo

संसदमा सांसद यादबको माग – निजी अस्पताललाई तत्कालै राष्ट्रियकरण गरेर नागरिकको उपचार थालौँ

संसदमा सांसद यादबको माग – निजी अस्पताललाई तत्कालै राष्ट्रियकरण गरेर नागरिकको उपचार थालौँ



काठमाडौं । सांसद प्रदीप यादवले निजी अस्पतालहरूलाई राष्ट्रियकरण गरेर कोरोना संक्रमित नागरिकको उपचार गर्न सरकारसँग माग गरेका छन् । संसदमा नीति तथा कार्यक्रम माथि छलफल कार्यक्रममा भाग लिँदै सांसद यादवले यस्तो बताएका हुन्।

‘सरकारसँग विनम्र अनुरोध छ। अहिले तत्कालै निजी अस्पतालहरुलाई राष्ट्रियकरण गरेर देशका नागरिकलाई बचाउन जरुरी छ,’ उनले भने, ‘जबसम्म निजी अस्पतालहरू राष्ट्रियकरण हुँदैन तबसम्म हामीले नागरिकहरुलाई बचाउन सक्दैनौं।’

लकडाउन थपिरहँदा संक्रमित बढिरहेको भन्दै उनले चिन्ता व्यक्त गरे। उनले क्वारेन्टाइनहरु व्यवस्थित बनाएर परीक्षणको दल अझै तीव्र बनाउन पनि सरकारसँग माग गरे।

प्रतिक्रिया दिनुहोस्
MBL