Logo

निर्जीवन बीमक बाहेक अन्यलाई कोरोना बीमासँग जोडेर बिज्ञापन नगर्न समितीको निर्देशन

निर्जीवन बीमक बाहेक अन्यलाई कोरोना बीमासँग जोडेर बिज्ञापन नगर्न समितीको निर्देशन



काठमाडौ । अब निर्जीबन बीमा कम्पनीबाहेक अन्य बीमा कम्पनीले कोरोना सम्बन्धी बीमा गर्न तथा विज्ञापन गर्न नपाउने भएका छन् । बीमा समितिले सोमबार एक सर्कुलर जारी गर्दै जीबन बीमा कम्पनीहरुले पनि कोरोना सम्बन्धी विज्ञापन गरिरहेका भन्ने सुन्नमा आएकाले यो रोक्न निर्देशन दिएको हो ।

समितिले केही हप्ता अघि मात्रै कोरोनासम्बन्धी जोखिम बहन गर्नका लागि निर्जीबन बीमा कम्पनीहरुले कोरोना बीमा गरेर व्यवसाय संचालन गर्न सकिने निर्णय गरेको थियो ।

समितिले सबै निर्जीबन बीमा कम्पनीहरुले बीमा गर्नसक्ने गरी कोरोना बीमालेख जारी गरेको थियो । तर पछिल्लो समय केही जीवन बिमा कम्पनीहरुले पनि यसलाई जीवन बीमासँग जोडी बीमा व्यवसाय गरिरहेको समितिको ठहर छ ।

सोही अनुसार समितिले अब उप्रान्त निर्जीबन बीमा कम्पनीबाहेक अन्य कम्पनीले उक्त बीमा नगराउन तथा विज्ञापन नगर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL