Logo

भोलिदेखिको लकडाउनका बेला पनि यी सवारी साधन पास विना चलाउन पाइने, यस्तो छ व्यवस्था

भोलिदेखिको लकडाउनका बेला पनि यी सवारी साधन पास विना चलाउन पाइने, यस्तो छ व्यवस्था



काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण नेपालमा हालसम्म २ जनाको मुत्यु भइसकेको छ भने संक्रमितको संख्या ३ सय ४ पुगेको छ । कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि सरकारले गएको चैत ११ गतेदेखि लकडाउन गरेको छ ।

आइतवार बसेको मन्त्रिपरिषद् बैठकले फेरि जेठ २० गतेसम्म लकडाउन बढाएको छ । आज लकडाउनको ५६ औं दिन काठमाडौं उपत्यका लगायत देशभर नै सुनसान छ । लकडाउनका कारण मानिसहरुको आवतजावत रोकिएको छ ।

लकडाउनको समयमा अत्यावश्यक सेवा सञ्चालन गर्न दिइने सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले बताएका छन् । लकडाउनमा पास विना कृषि, खाद्यान्न ढुवानी, निर्माण सेवा सञ्चालन गर्न दिइने बताइएको छ । मन्त्री खतिवडाका अनुसार नयाँ मोडालिटीका बारे छलफल भइरहेको जनाएका छन् । लकडाउनको बेला कुन कुन सवारी पास विना चल्न पाउछन् ।

पास विना चलाउन सकिने सवारीसाधन :

एम्बुलेन्स, शवबाहन र दमकल
यसैगरी झण्डावाल सवारी, कुटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघ संस्थाहरु प्रेस
काउन्सिलबाट जारी भएको प्रेस पास प्राप्त सञ्चारकर्मीहरु
स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फार्मासिस्ट प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत अन्य
कर्मचारीहरु, औषधी उत्पादन ढुवानी र विक्री वितरणमा संलग्न हुने जनशक्तिहरु
खानेपानीको मर्मत सम्भार र वितरणमा संलगन जनशक्ति
फोहोरमैला व्यवस्थापनमा परिचालित जनशक्ति
ठूला खाद्य स्टोरमा कार्यरत जनशक्ति
अत्यावश्यक वस्तु तथा ढुवानी गर्ने मालबाहक सवारी साधनहरु
यी क्षेत्रका सवारी चलाउनेले अनिवार्य आफ्नो कर्मचारी परिचय पत्र साथमा लिएको हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL