Logo

पाइप लाइनले नेपालको आर्थिक विकासलाई सघाउने,दु्रतमार्ग बनेपछि काठमाडौँसम्म विस्तार गरिने,

पाइप लाइनले नेपालको आर्थिक विकासलाई सघाउने,दु्रतमार्ग बनेपछि काठमाडौँसम्म विस्तार गरिने,


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

८ भदौ,काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले नेपाल र भारतबीच रक्सौलदेखि अमलेखगन्ज पेट्रोलियम पाइप लाइन विस्तार सम्झौता भएकामा हस्ताक्षर गर्ने मन्त्रीहरुलाई बधाइ दिएका छन् ।

नेपाल भ्रमणमा रहेका भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानसँग सोमबार प्रधानमन्त्रीे कार्यालयमा भएको शिष्टाचार भेटमा बधाइ दिएका हुन् । साथै उनले प्राचीन कालदेखि नै आपसी विश्वास, समझदारी र सहयोगमा आधारित नेपाल–भारत सम्बन्ध पारस्पारिक सद्भाव, समानता, आपसी सम्मानताले हार्दिक र अनुपम रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपालको आर्थिक सामाजिक रुपान्तरणमा भारतले गरेको सहयोगको सराहना गरेका छन् ।

सो अवसरमा राज्यमन्त्री प्रधानले रक्सौलदेखि अमलेखगन्जसम्म निर्माण हुने पेट्रोलियम पाइप लाइनले नेपालको आर्थिक विकासलाई सघाउने उल्लेख गरे । साथै काठमाडौँ–तराई दु्रतमार्ग बनेपछि पेट्रोलियम पाइपलाइन काठमाडौँसम्म विस्तार गरिने बताएका छन् ।

भारतले शान्त र समृद्ध नेपालको चाहना गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL