Logo

कोरोनाका कारण मृत्यु भएकी महिलाको परिवार र १४ दिने शिशुमा देखिएन कोरोना

कोरोनाका कारण मृत्यु भएकी महिलाको परिवार र १४ दिने शिशुमा देखिएन कोरोना



काठमाडौं । कोरोनाभाइरसका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाका परिवार र १३ दिने छोरामा कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ । धुलिखेल अस्पतालमा गरिएको पिसिआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

२९ वर्षीय ती सुत्केरी महिलाको मृत्युपछि कोरोना भएको पुष्टि भएपछि शिशुसहित परिवारका चार जना सदस्यलाई आइसोलेसनमा राखिएको थियो।

नतिजा नेगेटिभ देखिएपछि शिशुसहित सबैलाई जिल्लाको क्वारेन्टाइनमा पठाउने तयारी गरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्