Logo

लकडाउन १५ दिन थप्दै जेठ २० गतेसम्म पुर्याईयो, यस्तो छ मन्त्रिपरिषदको निर्णय

लकडाउन १५ दिन थप्दै जेठ २० गतेसम्म पुर्याईयो, यस्तो छ मन्त्रिपरिषदको निर्णय



काठमाडौं । सरकारले हाल जारी लकडाउन आगामी जेठ २० गतेसम्म बढाउने निर्णय गरेको छ । आईतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले जारी लकडाउन १५ दिन थप्दै आगमी २० गतेसम्म थप्ने निर्णय गरेको हो ।

नेपालमा कोरोना संक्रमितको सख्या बढ्दै गएपछि सरकारले लकडाउन पनि बढाउने निर्णय गरेको हो । पछिल्लो समय नेपालमा संक्रमित बढेसँगै यसका कारण मृत्यु हुनेको संख्या पनि २ पुगेको छ ।

आईतबार दिउँसो बसेको कोरोना निणन्त्रण तथा रोकथाम उच्चस्तरिय समितिले मन्त्रिपरिषदसमक्ष लाकडाउनलाई कडाईसहित थप्ने प्रस्ताव गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद बैठकले लकडाउको समयावधि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL