Logo

थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित एक जना स्वास्थ्यकर्मी

थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित एक जना स्वास्थ्यकर्मी



काठमाडौं । आइतबार प्रदेश १ मा तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै विराटनगर महानगरपालिकामा २ जना र धनकुटामा एक जनामा संक्रमण देखिएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार विराटनगरकी २९ वर्षकी महिला र ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो ।

धनकुटामा ३४ वर्षकी महिलामा संक्रमण पुष्टि भएकोछ । संक्रमित धनकुटाकी महिला स्वास्थ्यकर्मी रहेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्