Logo

नेपालमा कोरोनाबाट दोस्रो मृत्यु, स्वास्थ्य मन्त्रालयले गर्यो पुष्टि

नेपालमा कोरोनाबाट दोस्रो मृत्यु, स्वास्थ्य मन्त्रालयले गर्यो पुष्टि



काठमाडौं । बाँकेको क्वारेन्टाईनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता विकाश देबकोटाले ति २५ बर्षिय युवको रिपोर्ट पोजेटिभ आएको र कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको जानकारी दिएका हुन ।

ति युवकको भेरी अस्पतालमा गरिएको परीक्षणमा कोरोना रिर्पोट पोजेटिभ आएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ जना पुगेको छ । यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोना भाइरसको पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्