Logo

श्रम मन्त्री यादवलाई हृदयघात, गंगालाल अस्पतालमा उपचार हुँदै

श्रम मन्त्री यादवलाई हृदयघात, गंगालाल अस्पतालमा उपचार हुँदै



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई हृदयघात भएको छ । मन्त्री यादवलाई माइल अट्याक अर्थात् अति सामान्य हृदयघात भएपछि अहिले बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्रमा उपचार भइरहेको स्रोतले जानकारी दिएको छ ।

्रस्रोतका अनुसार मन्त्री यादवलाई आइतबार बिहान निवासबाट मन्त्रालय जान लाग्दा श्वासप्रश्वासमा केही समस्या देखिएको थियो । त्यसपश्चात उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो । हाल उनको अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL