Logo

कपनमा २५ बर्षिय युवतिमा पनि कोरोना पोजेटिभ, बुढानिलकण्ठका मेयरद्धारा पुष्टि

कपनमा २५ बर्षिय युवतिमा पनि कोरोना पोजेटिभ, बुढानिलकण्ठका मेयरद्धारा पुष्टि



काठमाडौं । काठमाडौँ कपनमा एक जना २५ बर्षिय युवतिमा कोरोना संक्रमण देखिएको छ । बुढानिलकण्ठ नगरपालिका–१२ स्थित कपनको तेन्जिंग चोकमा एक फर्निचर उद्योगमा कार्यरत २५ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

२५ वर्षिय युवतिमा कोरोना संक्रमण देखिएपछि हाल सो क्षेत्रमा उच्च सतर्कता अपनाईएको नगर प्रमुख उद्धव प्रसाद खरेलले जानकारी दिएका छन । फर्निचर उद्योगमा कार्यरत चारजना मजदुर लकडाउनकैबीच तराईबाट काठमाडौँ आएको सूचना प्राप्त भएपछि उनीहरुको कोरोना परीक्षण गरिएको थियो ।

त्यसमध्येकी एक युवतीलाई कोरोना संक्रमण पुष्टि भएको मेयर खरेलले जानकारी दिएका हुन । उनका अनुसार संक्रमित युवतीलाई अहिले पाटन अस्पताल भर्ना गरिएको छ । मन्त्रालयले भने पुष्टि गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्