Logo

सुत्केरीको कोरोनाबाट मृत्यु भएकोमा प्रधानमन्त्री दुखी, मानवीय क्षति रोक्न सरकारले सशक्त प्रयास गर्ने प्रतिबद्धता

सुत्केरीको कोरोनाबाट मृत्यु भएकोमा प्रधानमन्त्री दुखी, मानवीय क्षति रोक्न सरकारले सशक्त प्रयास गर्ने प्रतिबद्धता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुत्केरीको कोरोनाबाट मृत्यु भएकोमा दुख व्यक्त गरेका छन् ।

‘कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ । मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु’, उनले भनेका छन्, ‘यस महामारीबाट अरू मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने छ ।’

कोरोना भाइरसको संक्रमणबाट हुने मानवीय क्षति रोक्न सरकारले सशक्त बनाउने बताएका छन् । आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत कोरोना भाइरसको संक्रमणबाट हुने मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने बताएका हुन् ।

सिन्धुपाल्चोकमा एक जना सुत्केरीको कोरोनाबाट मृत्यु भएपछि प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL