Logo

संसदमा नीति तथा कार्यक्रममाथी छलफल सुरु हुँदै, प्रधानमन्त्री ओलीले मंगलबार जवाफ दिने

संसदमा नीति तथा कार्यक्रममाथी छलफल सुरु हुँदै, प्रधानमन्त्री ओलीले मंगलबार जवाफ दिने



काठमाडौ। सरकारको नीति तथा कार्यक्रममाथि आजैदेखि संसदमा छलफल सुरु हुने भएको छ । बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभा र राष्ट्रियसभाको बेग्लाबेग्लै बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने भएको हो ।

यसपटक नीति तथा कार्यक्रममाथिको छलफल भने छोट्याइएको छ । कोरोनाको सङ्क्रमणको जोखिम बढ्दै गएकाले छलफललाई छोटो र छरितो बनाउने निर्णय गरिएको हो । संसदमा आज र भोलि सोमबार छलफल गर्ने र छलफलका क्रममा सांसदले उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार जवाफ दिने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्