Logo

थप कडाईसहित दुई हप्ता लकडाउन थप्ने तयारीमा सरकार, यस्तो छ तयारी

थप कडाईसहित दुई हप्ता लकडाउन थप्ने तयारीमा सरकार, यस्तो छ तयारी



काठमाडौं । गत चैत ११ गतेदेखि निरन्तर जारी बन्दाबन्दी (लकडाउन) अझै दुई हप्ता थपिने भएको छ । आज बस्ने मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गर्ने तयारी गरिरहेको मन्त्रिपरिषदका एक सदस्यले जानकारी दिए । उनका अनुसार लकडाउनलाई थप कडा बनाउँदै लकडाउनलाई निरन्तरता दिने तयारी सरकारको रहेको छ ।

ती मन्त्रीले भने, ‘के कस्तो मोडालिटिमा जाने भन्दा पनि लकडाउनलाई कडा बनाउँदै १०/१२ दिन थप्ने तयारी भईरहेको छ ।’ हाल नेपालमा कोरोना संक्रमितको संख्या दैनिक १०/१५ जनाको दरले बढ्दै गएको अवस्थामा शनिबार कोरोनाकै कारण एकको मृत्यु भएपछि लकडाउनलाई कडा बनाउँदै थप्ने तयारी गरिएको हो ।

आजसम्म नेपालमा लकडाउन भएको ५५ दिन पुरा हुँदा २९१ जना संक्रमित देखिएका छन भने कोरोनाकै कारण एक महिलाले ज्यान गुमाउनु परेको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न पनि सरकारले लकडाउनलाई थप कडा बनाउँदै दुई हप्ताका लागि थप गर्ने तयारीमा रहेको ति मन्त्रीले बिजखबरलाई जानकारी दिए ।

त्यस्तै उनले आपतमा परेकालाई गाउँ जानेभन्दा पनि जो जहाँ छन त्यही बसेर सरकारलाई सहयोग गर्न र अनाबश्यक घर बाहिर ननिस्कनसमेत आग्रह गरे । । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे बोलाइएको बैठकमा सीमानाकामा अझ कडाइ गरिने तथा प्रभावित क्षेत्रका आधारमा लकडाउनलाई अझ प्रभावकारी बनाउने विषयमासमेत छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL