Logo

कोरोना संक्रमितको संख्या ५० लाख नजिक, उपचार पछि घर फर्कनेको संख्या १८ लाख नाघ्यो (अपडेट)

कोरोना संक्रमितको संख्या ५० लाख नजिक, उपचार पछि घर फर्कनेको संख्या १८ लाख नाघ्यो (अपडेट)



काठमाडौं । विश्वभर फैलिएको कोरोना भाईरसले ४७ लाख २० हजार १९६ जना संक्रमित भएका छन भने १८ लाख ११ हजार ६७४ जना उपचार पछि निको भएर घर फर्किएका छन । त्यस्तै उक्तभाईरसका कारण ज्यान गुमाउनेको संख्या भने ३ लाख १३ हजार २२० रहेको छ ।

कोरोनाका कारण बढी प्रभावित भएको अमेरिकामा हालसम्म १५ लाख ७ हजार ७७३ जना संक्रमित देखिएका छन भने मृत्यु हुनेको संख्या ९० हजार ११३ जना रहेको छ । उपचार पछि घर फर्कनेको संख्या भने ३ लाख ३९ हजार २३२ जना रहेको छ ।

हालसम्म १ लाख भन्दा बढी संक्रमितहुने देशहरुमा भने अमेरिका पछि स्पेन रसिया, बेलायत, ब्राजिल, इटालि, फ्रान्स, जर्मन, टर्कि, र इरान रहेका छन । त्यस्तै शिर्ष ११ मा रहेको भारतमा ९० हजार ६४८ जना संक्रमित देखिएका छन भने मृत्यु हुनेको संख्या २८ सय ७१ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्