Logo

कोरोनाबाट ज्यान गुमाएकी सुत्केरी काठमाडौंको टोखामा बसेको पुष्टि, टोखा नगरपालिका गरियो सिल

कोरोनाबाट ज्यान गुमाएकी सुत्केरी काठमाडौंको टोखामा बसेको पुष्टि, टोखा नगरपालिका गरियो सिल



काठमाडौं । कोरोनाबाट ज्यान गुमाएकी सुत्केरी काठमाडौंको टोखामा बसेको पुष्टि भएको छ । यससँगै टोखा नगरपालिकाले शनिबार बेलुकीदेखि नै सम्बन्धित मृतक बसेको क्षेत्र सिल गरेको छ ।

कोरोनाबाट ज्यान गुमाएकी सिन्धुपाल्चोककी सुत्केरी टोखा नगरपालिकामा बसेको पुष्टि भएपछि सम्भावित कोरोना संक्रमण रोक्न टोखा नगरपालिका क्षेत्र सिल गरिएको मेयर प्रकाश अधिकारीले जानकारी दिए ।

सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको कोरोना संक्रमणबाट बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । टिचिङ अस्पतालमा वैशाख २४ गते सुत्केरी हुनुअघि उनी यस नगरपालिकाको वडा नं ९, गंगबुमा बस्दै आएकी थिइन ।

यसको तथ्य खुल्ना साथ नगरपालिकाले काभ्रे डेरीदेखि अरुण डेरीसम्मको बाटोमा पर्ने त्यस क्षेत्र शसल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्