Logo

नेपालमा पहिलो पटक कोरोनाबाट एक महिलाको निधन, स्वास्थ मन्त्रालयले गर्यो पुष्टि

नेपालमा पहिलो पटक कोरोनाबाट एक महिलाको निधन, स्वास्थ मन्त्रालयले गर्यो पुष्टि



काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २९ बर्षिया महिलाको कोरोना कै कारण मृत्यु भएको हो । ति महिलाको मृत्यु भएसँगै नेपालमा पहिलो पटक कोरोनाबाट मृत्यु पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेमा सिन्धुपाल्चोक बाह्रबिसेको २९ बर्षिया महिला रहेको छ । स्वासप्रस्वासमा समस्या देखिएपछि ती महिलालाई बिहीबार धुलिखेल अस्पताल ल्याइएको र अस्पतालको भेन्टिलेटरमा राख्ने क्रममा उनको निधन भएको थियो । मन्त्रालयका अनुसार सम्बन्धित स्थानहरु जिल्ला कोरोना क्राइसिस मेनेजमेन्टको तर्फबाट शिल गरिएको छ । सम्बन्धित ठाउँमा भोलि (आईतबार) विज्ञ प्राविधिक टोलीले कन्ट्याक ट्रेसिङ गरी आवश्यक सबैको पिसिआर परिक्षण गरिनेछ ।

धुलिखेल अस्पतालमा गरिएको आरडीटी तथा पीसीआर परीक्षणमा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि टेकुमा उनको स्वाव पठाएको थियो । टेकुबाटसमेत परीक्षण रिपोर्ट पोजेटिभ आएपछि नेपालमा पहिलो पटक कोरोनाका कारण ज्यान गएको पुष्टि भएको हो ।

त्यस्तै मन्त्रालयले टेकुमा गरिएको पीसीआर परीक्षणमा थप कोरोना संक्रमित भएको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार थप कोरोना संक्रमितको संख्या भने २ जना रहेको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २८१ जना पुगेको छ । संक्रमितहरु धनुषा जिल्लाको २० र ६५ बर्षिय पुरुषहरु रहेका छन ।

प्रतिक्रिया दिनुहोस्