Logo

कोरोना आशंकामा मृत्यु भएकी महिलाको घर र माइती गाउँ सिल, उनलाई भेटेकाले कसैलाई भेट्न नपाउने

कोरोना आशंकामा मृत्यु भएकी महिलाको घर र माइती गाउँ सिल, उनलाई भेटेकाले कसैलाई भेट्न नपाउने



काठमाडौं । धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी सुत्केरी महिलाको गाउँ र माइती गाउँलाई सिल गरिएको छ । सिन्धुपाल्चोककी उनको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको हो । अब ती वडाबाट कोही व्यक्ति बाहिर आउन र वडाभित्र प्रवेश गर्न नपाउने निर्णय गरिएको हो ।

काभ्रेस्थित धुलिखेल अस्पतालमा मृत्यु भएकी उनलाई कोरोनाको आशंका गरिएको छ । उक्त आशंकासँगै उनको स्वाव संकलन गरी टेकु अस्पतालमा परिक्षणको लागि पठाईएको छ । उक्त आशंकासँगै उनलाई भेट्नेहरुलाई समेत बाहिर निस्कन तथा कसैलाई भेट्न समेत निषेध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्