Logo

कोरोना संक्रमित भनिएकी महिलाको अन्तिम रिपोर्ट आउनु अघिनै दाहसंस्कारको तयारी

कोरोना संक्रमित भनिएकी महिलाको अन्तिम रिपोर्ट आउनु अघिनै दाहसंस्कारको तयारी



काठमाडौं । बिहीबार राती धुलिखेल अस्पतालमा मृत्यु भएकी २९ वर्षीया एक सुत्केरीको शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टी गर्ने तयारी गरेको छ । धुलिखेल अस्पतालमा उनको रिर्पोट पोजेटिभ आए पनि थप रिपोर्ट भने आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । उनको रिपोर्ट अहिले साँझसम्म आउने बताए पनि हालसम्म प्राप्त नभएको मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले जानकारी दिएका छन ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ९ की २९ वर्षीया सुत्केरी कोरोना संक्रमित भएर मृत्यु भएपछि स्वास्थ्य मन्त्रालयले धुलिखेल अस्पतालमा छलफलसमेत गरेको छ । बिहीबार राति करिब १० बजे मृत्यु भएकी महिलाकोबारे डा. गुणराज लोहनीको नेतृत्वमा डा. दिपेन रमण सिंहसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली धुलिखेल अस्पताल पुगेको थियो ।

उनको आरडीटी र पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । तर मन्त्रालयले अध्ययन गर्ने भन्दै रिपोर्ट सार्वजनिक गरेको छैन् । वैशाख २३ गते शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएर २४ गते नर्मल डेलिभरी भएपछि उनी २५ गते डिस्चार्ज भएर घर गएकी थिइन ।

घरमा पुगेपछि ज्वरो, स्वासप्रश्वासलगायत शारीरिक समस्या आएपछि परिवारले उनलाई धुलिखेल अस्पतालमा ल्याइएको थियो । अस्पतालमा आरडीटी परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनको पीसीआर परीक्षण गरिएको थियो । उनको पीसीआर रिपोर्ट पनि पोजिटिभ नै आएको अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्