Logo

कोरोना आशंकित महिलाकोे मृत्यु भएपछि धुलिखेल अस्पताल सिल, पिसिआर रिपोर्ट आउन बाँकी

कोरोना आशंकित महिलाकोे मृत्यु भएपछि धुलिखेल अस्पताल सिल, पिसिआर रिपोर्ट आउन बाँकी



काठमाडौं । काभ्रेको धुलिखेल अस्पताल सिल गरिएको छ । उपचारका लागि भर्ना भएकी सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल सिल गरिएको हो । सिन्धुपाल्चोक बाह्रबिसेकी ३० वर्षीय सुत्केरी महिलाको शनिवार उपचारका क्रममा मृत्यु भएको थियो ।

टिचिं अस्पताल काठमाडौंमा ८ दिन अघि सुत्केरी भएकी र घर फर्केपछि ति महिला विरामी परेकी थिइन् । उनमा कोरोना संक्रमण मिल्दो लक्षण देखिएपछि केही दिन अघि धुलिखेल अस्पताल भर्ना गरिएको थियो ।

धुलिखेल अस्पतालले मृत्युवारे स्वास्थ्य मन्त्रालयमा जानकारी गराइसकेको जनाएको छ । मृत्यु भएपछि अस्पतालले उनको स्वाब पुन परीक्षणका लागि टेकु अस्पताल पठाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्