Logo

स्वाशप्रश्वास सम्बन्धी बिरामीको मृत्यु भएपछि कोरोनाको आशंका, परिक्षणका लागि स्वाव टेकु अस्पताल पुर्याईयो

स्वाशप्रश्वास सम्बन्धी बिरामीको मृत्यु भएपछि कोरोनाको आशंका, परिक्षणका लागि स्वाव टेकु अस्पताल पुर्याईयो



काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा एक सुत्केरी महिलाको श्वारप्रश्वास रोगका कारण मृत्यु भएपछि सतर्कता अपनाईएको छ ।

स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी महिलाको बिहीबार राति मृत्यु भएको थियो ।

उनको मृत्यु भएपछि अस्पतालमा सतर्कता अपनाइएको छ । ती महिलामा स्वाशप्रश्वास समस्या देखिएपछि धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कोरोनाको आशंका थरिएको छ ।

तर सोही अनुसार उनको स्वाव संकलन गरेर पीसीआर रिपोर्टका लागि टेकु अस्पताल लगिएको छ।

प्रतिक्रिया दिनुहोस्