Logo

थप ६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २७३ पुग्यो

थप ६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २७३ पुग्यो



काठमाडौं । नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार बिहानै थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या २ सय ७३ जना पुगेको छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा उक्त संक्रमण पुष्टि भएको हो । उक्त परिक्षण अनुसार बर्दियाका २८ बर्षिय महिला, सिरहाका ३० बर्षिय पुरुष साथै पर्सा, विरगंज, चितवन र सर्लाहीमा १ १ जनामा उक्त संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार हालसम्म सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्